हेटौँडा ।  हेटौँडा-२,स्थित सिद्धार्थ माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । महोत्सवको दोस्रो दिन शनिबार विद्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, पूर्व विद्यार्थी सशस्त्र प्रहरीका गरी २८ जनाले रक्तदान गरेका थिए ।

स्वर्ण महोत्सवको आइतबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आइतबार विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलगायतलाई सम्मान, स्वर्ण महोत्सव स्तम्भको अनावरण, स्मारिका विमोचन, शोभायात्रालगायतका कार्यक्रमहरु रहेको छ  ।

महोत्सवकै अवसरमा शुक्रबार विद्यालय परिसरमा सरसफाई गरिएको थियो । विद्यालयले स्वर्ण महोत्सव माघ ८ गतेसम्म विविध कार्यक्रम गरी मनाउँदै छ ।

रातो समाचार संवाददाता
थप जानकारी