सातदोवाटो युथ क्लब पाँचौँ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको खेलमा सातदोवाटोले विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ गोलले हरायो ।

सातदोबाटोको जितमा ८२औँ मिनेटमा सुशील राईले गोल गर्नुभयो । ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाउनुभयो । एपीएफका लागि इन्जुरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काउनु भयो । सातदोबाटोका सुशील राई ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले नौ हजार नौ सय ९९ रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो