पुर्व उपप्रधान मन्त्री राजेन्द्र महतोले संविधान र शासन नेपाली जनताहरुको लागि हुनुपर्ने बताएका छन् ।
बुधबार पत्रकारहरुसँग भेटघाट गर्दै पुर्व उपप्रधानमन्त्री महतोले यस्तो बताएका हुन् ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियानको शुरुवात भन्दै महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने र देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक रहेकाले पनि सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा अन्दोलन गर्नु पर्ने बताए ।
उनले संविधान र शासनको राम्ररी उपयोग गर्न नपाएको कारणले देश समृद्ध हुन नसकको उल्लेख गर्दै रोजगारीको अधिकार सिर्जना नभएका कारण देशका जनताहरुले दुःख पाएको बताएका हुन् ।
देशको लागि छुट्टा छुट्टै प्रकारको संघर्ष नगरि देशमा राष्ट्रिय मुक्ती क्रान्ति ल्याउनका लागि आदिवासी जनजाति, मधेशी सबै जातिका मानिसहरु एक अर्कासँग मिलेर वस्नुपर्ने बताए ।
देशका अधिकार पहिचानको लागि, शुशासन समृद्धिका लागि र सभ्यता संस्कृतिको सुरक्षाको लागि पनि सबैले एकअर्कासँग भतृत्व कायम गर्न आवश्यक रहेको बताउँदै सभ्यता संस्कृतिका माथि आक्रमण भइरहेको कुराहरुको मध्य नजर गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्