श्रीमतीको हत्याको आरोपमा झापाको भद्रपुर नगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिका वडा नम्बर १ लाहुरे चोकका ३४ बर्षीय अमर बहादुर तामाङलाई चक्कु प्रहारगरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार करिब बिहान ५ः ३० बजेको समयमा तामाङले मोबाईल बिगारेको बिषयमा आक्रोसित हुदै श्रीमती ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेको उनि माथी आरोप छ ।

अमर बहादुर तामाङले आफ्नै श्रीमति वर्ष ३४ की अनितालाई मोबाईल बिगारेको बिषयमा झगडा हुँदा रिसमा घर भित्र घाँटिमा चक्कु र शरिरमा ढुङ्गा प्रहारको सिप्रचौ पृथ्विनगरमा खबर प्राप्त भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले बताए ।

तामाङलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा ल्याईएको प्रवक्ता  पाठकले बताए ।

प्रहरी प्रवक्ता पाठकले बताए अनुसार मृतकको शवलाई कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भईरहेको छ ।