हेटौंडा । रसुवाको बाढीबाट बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा तानेको आरोपमा २ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
बुधाबार बिहान तिब्बतबाट तर्फबाट आएको रसुवाबाट पहिरो सहित भोटेकोशी नदीमा आएको बाढीको प्रभावले बगाएको शवको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियोको आधारमा चितवन भरतपुर महानगरपालिका १ पोखरा बसपार्क नजिकैबाट २ जनालाई दुइजनालाई पक्राउ गरेको हो ।
बगाएको शबलाई तानेर कानमा भएको कानको मुन्द्रा तानेको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजानिक भएको थियो ।
भिडियोकै आधारमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका- १ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका- ५ चाँदबेला घर भई भरतपुर-२ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरीलाई जिल्ल प्रहरी चितवनले पक्राउ गरेको हो ।
भिडियोमा देखिए अनुसार शबलाई किनारामा तानेर कपालमा समेत तान्दै मुन्दा खोल्न खोजेको देखिएको छ ।
मुन्द्रा तानेको भिडियोमा देखेपछि अहिलेको विशम परिस्थितीमा साथ सहयोग र उद्धारमा खटिनुपर्ने तर, लोभ प्रकट गरेको भन्दै चौतर्फी बिरोध भएको हो । बिभिन्न व्यक्तीहरुले सो कार्य गर्नु मानवता हराएको भएसंगै कानुनी अपराध समेत भएको उल्लेख गर्दै कार्वाही गर्न सरोकारवला समक्ष अपिल गरेका हुन् ।
कानको मुन्द्रा तानेको आरोपमा पक्राउ परेका दूवैलाई अनुसन्धान थालिएको चितवनका एसपी चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले बताए ।





















प्रतिक्रिया दिनुहोस्