


तनहुँ, फागुन २३ गते। अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको दोस्रो व्यास नगर महिला खुला म्याथनको उपाधि कान्छीमाया कोजुले जित्नु भएको छ। सशस्त्र प्रहरी बल (एपीएम)मा कार्यरत कोजुले दमौलीदेखि २१ किलो मिटरको दूरी १ घण्टा ५५ मिनेट १२ सकेण्डमा पुरा गरी प्रथम हुनुभएको हो।
प्रतियोगितामा २ घण्टा ४ मिनेटमा दूरी पार गर्दै नेपाल प्रहरीमा कार्यरत रेखा बम द्धितीय र व्यास नगरपालिका–१० की नम्रता गुरुङले २ घण्टा ११ मिनेट २३ सेकेण्डमा पार गरेर तृतीय हुनुभयो। प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ४१ हजार ७८ रुपियाँ, ३१ हजार ७८ रुपियाँ र २१ हजार ७८ रुपियाँ प्राप्त गरे।
प्रतियोगिताको उद्घाटन तथा समापन नेपाली नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले गर्नुभएको थियो। पुरस्कार वितरण कार्यक्रममा नेता पौडेलले विजयी खेलाडीलाई अन्तर्राष्ट्रिय दौडमासमेत सफलता प्राप्त गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले गरेको यस्तो प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय खेलाडीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। पुरस्कार वरिष्ठ नेता पौडेल, व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी लगायतले खेलाडीलाई प्रदान गर्नु भएको थियो।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्