मकवानपुर उद्योग वाणिज्य संघको आसन्न संघको आगामी पौष २४ गतै ५८ औँ साधारण सभा र २७ गते हुने निर्वाचनका लागि उद्योग तर्फको उपाध्यक्ष पदमा रविन्द्र घिमिरेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवालको प्यानलबाट उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेद्वार बनेर घिमीरे मैदानमा आएका हुन् ।
हेटौंडा उपमहानगरको नगर खेलकुद विकास समिति अध्यक्ष समेत रहेका छन् भने यस पटकपनि मैदानमा आएका हुन् ।
हेटौंडाको बुद्ध चोकमा साई कलेक्शन नामको तयारी पोशाक कपडाको व्यवसाय सञ्चालन गरिरहेसंगै २०५२ सालदेखि सरल निर्माण व्यवसायिक क्षेत्रमा पनि सक्रिय रहेको बताए ।
विगतमा पनि थोरै मतान्तरले पराजित भएकोले यसवर्ष व्यवसायीहरूको सुझावमै हक हितमाकाम गर्न पुनः उम्मेदवारी दिएको घिमीरे बताउछन् ।
जित हासील गरेमा कार्यकाल भर नितान्त व्यवसायीको समस्या समाधान र उनीहरूको अधिकार स्थापित गराउन व्यस्त हुने बताए ।
………..
अग्रवाल नेतृत्वको प्यानलमा उपाध्यक्ष वाणिज्यतर्फ राजु अधिकारी, एसोसिएटतर्फ विष्णु खनाल, वस्तुगततर्फ काव्यमणि अधिकारी महासचिवमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सहकोषाध्यक्षमा राधिका सामरी पाण्डे, सचिवमा वाणिज्यतर्फ दिवस पराजुली र वस्तुगततर्फ नेत्रप्रसाद खतिवडा सदस्यमा वाणिज्यतर्फ रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञबहादुर राय, वाणिज्य महिला आरक्षणतर्फ निलम पाण्डे, उद्योगतर्फ कृष्णगोपाल महर्जन, दीपक सिवकोटी, गंगाकुमारी श्रेष्ठ, उद्योगतर्फ महिला आरक्षण सदस्यमा मेनका श्रेष्ठ र वस्तुगत सदस्यतर्फ शम्भु पुडासैनी उम्मेद्वार छन् ।
प्रतिक्रिया दिनुहोस्