हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापा हेटौंडा आउने भएका छन् । यही मंगलबार नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर–१ प्रदेश सभा समिति ख को आयोजनामा गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेसका महामन्त्री गगनकुमार थापा हेटौंडा आउने भएका हुन् । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै काँग्रेस मकवानपुर क्षेत्र नम्बर–१ प्रदेश सभा समितिले ११२ औं विपी जन्मजयन्तीको अवसरमा आयोजना गर्न लागेको वृहत कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथिको रुपमा महामन्त्री थापा आउन लागेको जानकारी गराएका छन् ।
हेटौंडा–२,स्थित हिमालयन दरबारमा हुने कार्यक्रमको तयारी भोलिबाट सुरु गर्ने सभापति बानियाँले बताए । कार्यक्रममा काँग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठको पनि उपस्थिति रहने उनले बताए । क्षेत्रीय सभापति बानियाँको नेतृत्वमा हुने कार्यक्रम नीतिगत भन्दापनि सन्देशमूलक रहने बताइएको छ ।
केन्द्रीय कोषाध्यक्ष श्रेष्ठले आफूले कृषि क्षेत्रमार्फत पाएको सफलताको विषयमा जानकारी गराउनु हुने उनले बताए । कार्यत्रममा राजनीतिक विषय, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको र वर्तमान अवस्थामा भएको समसामहिक घटनाको विषयमा महामन्त्री थापाले जानकारी गराउने छन् ।
कार्यक्रमको एकदिन पहिले महामन्त्री थापा सीमराबाट हेटौंडा आइपुगेपछि हेटौंडा–१५,स्थित राटोमाटे चेकपोष्टबाटै उनको स्वागत गरिने उनले बताए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा काँग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, अन्य मन्त्रीहर सहित करिब २ हजार भन्दा बढीको हाराहारीमा काँग्रेसका प्रतिनिधिको उपस्थिति रहने छ । पत्रकार सम्मेलनमा काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाको पनि उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्