सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ।

अध्यक्ष, तीन सदस्य (एक महिलासहित)का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो।

इच्छुक र योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन परेकामध्ये कार्ययोजनाको मूल्यांकनका आधारमा संक्षिप्त सूचीमा परेका बढीमा पाँच जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाइने छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो