प्रतियोगिता विजेताहरुलाई पुरस्कृत गरेपछि समापन कार्यक्रममा सामूहिक तस्बीर खिचाउँदै ।

हेटौंडा । टोल विकास नगर समन्वय समिति हेटौंडाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको विजेतालाई पुरस्कृति गरिएको छ । संंस्थाले एक सातासम्म आयोजना गरेको वातावरण सम्बन्धी चेतना मूलक प्रतिस्पर्धात्मक प्रतियोगिताको विजेताहरुलाई बिहीबार ५३ औं विश्व वातावरण दिवसको आयोजित कार्यक्रममा पुरस्कृति गरिएको हो । प्लाष्टिकको प्रयोग अन्त्य गरौं भन्ने मूल नाराका साथ संस्थाले विभिन्न वातावरण सम्बन्धी चेतना मूलक कार्यक्रमको आयोजना गरेको थियो ।

संस्थाले आयोजना गरेको सचेतना मूलक ¥यालीमा कालिकामाई टोल विकास संस्था प्रथम, मनकामना टोल विकास संस्था ख द्वितीय, हेटौंडा–८,स्थित विकास टोल विकास संस्था तृतीय र हेटौंडा–११,स्थित सिमलटार टोल विकास संस्था र तापोवन टोल विकास संस्ता सान्त्वना भएको छ । उक्त प्रतियोगिताका विजेता टोललाई क्रमशः २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५÷५ हजार रुपैयाँ प्रदान गरिएको छ । साँस्कृति प्रदर्शनीमा ओम रुद्रश्वर भजन मण्डली, स्वर्गद्वारी महिला पञ्चेबाजा समूह र नेवा ः सांस्कृतिक पुचलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

हेटौंडाको सुन्दर वातावरण विषयक चित्रकला प्रतियोगितामा जीएस निकेतनका आरोही राउत प्रथम, तासिर इंग्लिस बोर्डिङकी दियानी उप्रेती द्वितीय, ब्रह्मदिक एकेडेमीका प्रवेश श्रेष्ठ तृतीय र जीएस निकेतनकै समृद्धि जोशी, बालज्योति माविका राघव राई र सिद्धार्थ माविका महेन्द्र मगर सान्त्वना भएका छन् । विद्यालय र्यालीतर्फ सिद्धार्थ मा.वि. प्रथम, आधुनिक राष्ट्रिय मावि द्धितीय, लक्ष्मी आधारभूत विद्यालय तृतीय तथा भुटनदेवी र ज्ञानदा मावि सान्त्वना भएको छ । यी विद्यालय प्रतियोगिहरुले क्रमशः १५ हजार, १० हजार, ७ हजार ५ सय र ५÷५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलान, नगर उपप्रमुख राजेश बानियाँ, नेकपा एमाले मकवानपुरकी सीता विष्ट, हेटौंडाका वडाध्यक्षहरु, विभिन्न संघसंस्था, टोल विकास समिति, सामुदायिक वन उपभोक्ता समूह, महिला समूह, सामाजिक संस्था, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो । यस्तै हेटौंडा उपमहानगरपालिकाको सुन्दर वातावरण विषयक चित्रकला प्रतियोगिता, यदी म हेटौंडाको मेयर भए भने विषयक भिडियो प्रतियोगिता, विद्यालयस्तरीय पुनःसागाग्री प्रदर्शनी, लगायतको विजेताहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

यदी म हेटौंडाको मेयर भए हेटौंडालाई यस्तो बनाउँछु भन्ने विषयक भिडियो प्रतियोगितामा नवोदय शिशु सदनकी इतिशा अधिकारी, जीएस निकेतनकी आंकाक्ष निरौला, आशि बानियाँ तृतीय भएका छन् भने आधुनिक मावि, बालजागृति बोर्डिङ स्कुल, भुटनदेवी मा.वि. सान्त्वना भएको छ । पुन प्रयोगमा आउने सामाग्री प्रदर्शनीमा नवोदय प्रथम, आधुनिक मावि द्वितीय, भुटनदेवी मावि तृतीय र तुल्सी मेहर, प्रगती मावि, सिद्धार्थ मावि सान्त्वना भएको छ । यी विद्यालयका प्रतियोगिहरुल क्रमशः १० हजार रुपैयाँ, ७ हजार ५ सय रुपैयाँ, ५ हजार रुपैयाँ र २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

संस्थाका अध्यक्ष ध्रर्व प्रसाद अधिकारीको सभाध्यक्षमा तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । समापन कार्यक्रममा प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमार लामा, उपमेयर राजेश बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललितबहादुर घलान, हेटौंडा वडाध्यक्षहरुको आतिथ्य रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी