युवा संगठनको कार्यसमितिमा चयन भएका पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरिँदै । साथमा युवा संगठनका अध्यक्ष किशोर खत्री सेतो सर्टमा ।

हेटौंडा । राप्रपा निकट संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको कार्यसमिति चयन गरिएको छ । शनिबार प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष किशोर खत्रीको अध्यक्षतामा बसेको पहिलो बैठकले कार्यसमितिका पदाधिकारी चयन गरेको हो ।

बैकठले युवा संगठनको उपाध्यक्षमा पुर्णिमा लोप्चन, सचिवमा सुजित पोख्रेल,कोषाध्यक्षमा अमित श्रेष्ठ र सह–सचिवमा कृष्ण गौतम चयन गरेको अध्यक्ष किशोर खत्रीले बताए ।

केही महिना पहिले सम्पन्न भएको प्रजातान्त्रिक पार्टीको ८ औं अधिवेशनले खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेपनि अन्य समितिको चयन भएको थिएनन् । जस अन्तर्गत संगठनको पहिलो बैठकले अन्य पदाधिकारीको चयन गरेको बताइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी