राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भोली हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ ।
भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार भएका छन् ।
बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।