मकवानपुर जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित १५ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डप्रतियोगिता समापन समारोहमा समाचारकर्मी  र तेक्वान्दो प्रशिक्षक सम्मानित भएका छन् ।
सोहीक्रममा खेलकुद पत्रकारिता तर्फ मकवानपुरे संचारकर्मी राजेश गरिबबिमल बहादुर विश्वकर्मालाई सम्मन गरिएको हो ।हेटौंडाबाट सञ्चालित रातो समाचरमा आवद्ध रहेका गरिब र मकवानपुर जिल्ला तेक्वान्दो संघका सदस्य तथा हेटौंडा १४ मयुर धाप जनज्योती तेक्वान्दो डोजाङका प्रशिक्षक बिमललाई सम्मान गरिएको हो ।

खेल क्षेत्रमा पत्रकारीता कर्मीको हैसियतले खेल क्षेत्रमा पत्रकारिताको माध्यम बाट प्रचार प्रसार तथा समाचार सम्प्रेषण गरी पुऱ्याएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै सञ्चारकर्मी गरिबलाई खेलकुद पत्रकारिता सम्मान पत्र प्रदान गरिएको छ।

तेक्वान्दो कर्मीको हैसियतले दर्जनौ राष्ट्रिय प्रतियोगितामा सहभागी भई कुशल निर्णायकको भूमिका निर्वाह गरी यस वर्षको विश्व तेक्वान्दो WT बाट मिति 17th-20th January, 2025मा भारतको पुणेमा भएको १३३ औं अन्तर्राष्ट्रिय निर्णायक कोर्षमा सफलतापूर्वक उत्तीर्ण भएको भन्दै सम्मन गरिएको छ ।

……………………………………………………………………………………………………………………………………………..

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हेटौंडा उपमहानगरको समुहले हात पारेको छ ।



गएको आइतबारबाट सुरु भएको १५ औं संस्करणको रनिङ्ग शिल्ड उपमहानगरको समुहले उपाधि हात पारे संगै मंगलबार रनिङ्ग शिल्ड सम्पन्न भएको हो ।

प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु गरिएको थियो ।

मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामाहेटौंडाले १५ स्वर्ण, १० रजत र ९ कांस्य पदक प्राप्त गर्न सफल भएको छ ।

त्यस्तैगरि १३ स्वर्ण, ५ रजत र १० कास्य पदक प्राप्त गर्दै बकैया गाउँपालिका द्वितीय ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदक प्राप्त गरेर थाहा नगर तृतीय भएको छ ।

६ स्वर्ण, १७ रजत र १७ कास्य पदक बागमती गाउँपालिकाको टिमले प्राप्त गरेको हो।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको सभाध्यक्षता हेटौंडा उपमहानगर मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य संगीत श्रेष्ठ, जिल्ला खेलकुद कार्यालय प्रमुख माधव कोइराला, सदस्य मदन उप्रेती, बागमती गाउँपालिका, बकैया गाउँपालिका खेलकुद अध्यक्ष लगायतको उपस्थिति रहेको थियो