मकवानपुर । राक्सिराङ्ग गाउँपालिकामा गाउँसभाको ११ औं अधिवेशन सम्पन्न भएको छ ।

सोही अवसरमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङलाई सम्मान गरिएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री पदमा नियुक्त हुनुभई उक्त समुदायबाट मन्त्री हुने नेपालकै पहिलो व्यक्ति बन्न सफल भएको भन्दै राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको एघारौं अधिवेशनको अवसरमा सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष राकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र वर्तौलाले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै राक्सिराङ गाउँपालिका–७ स्थायी निवासी राज्यमन्त्री चेपाङले आफ्नो कार्यकालमा पिछडिएको सिमान्तकृत चेपाङ समुदाय र का राक्सिराङ गाउँपालिकाकोसमेत विकासमा महत्वपूर्ण काम गर्ने बताए ।

गाउँसभाको ११ औं अधिवेशन कै अवसरमा राज्यमन्त्री चेपाङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल सहित जनप्रतिनिधिद्धारा गाउँपालिकाले सुरुवात गरेको विद्युतीय सुशासन प्रणालीको उद्घाटन गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाले तयार गरेको विद्युतीय सुशासन प्रणालीको औपचारिक शुभारम्भ र भू–उपयोग नीति व्यवस्थापन कार्ययोजना, २०७८ को लोकार्पण समेत गरिएको हो ।

सुशासन प्रणाली अन्तर्गत वडागत जनसंख्या विवरण, धर्म, साक्षरतालगायत घरमुलीको फोटोसहितको विवरण अनलाइनमार्फत हेर्न सकिने व्यवस्था सहितको सुशासन प्रणालीको व्यवस्था गरिएको हो ।

अनलाइन माध्यमबाट न्यायिक समितिमा उजुरी गर्न सकिने व्यवस्थादेखि गुनासो व्यक्तगर्न सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य संस्थाको विवरण पनि अनलाइनमार्फत नै हेर्न सकिने भएको छ ।

त्यस्तैगरि गाउँपालिकाले भू–उपयोग नीति तथा भूमि व्यवस्थापन योजना पनि बनाएको छ भने गाउँसभाबाट उक्त नीति पारित भएको छ ।

 

picture-

Raksirang Rural Municipality Official राक्सिराङ गाउँपालिका

facebook  pag