हेटौंडा । युथ काँग्रेस मकवानपुर जिल्ला संयोजकमा सागर घिमिर चयन भएका छन् । शुक्रबार युथ काँग्रेस नेपालका केन्द्रीय सभापति केन्द्रीय सभापति यजस्वी राईले नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पसका सभापति सागर घिमिरेलाई मकवानपुर जिल्ला संयोजकमा नियुक्त गरेका हुन् ।

युथ काँग्रेसका कन्द्रीय सभापति राईले घिमिरेलाई आफ्‌नो हस्ताक्षरसहितको नियुक्तिपत्र प्रदान गरिसकेका छन् । युवा कांग्रेस नेपालको जिल्ला संयोजक चयन उप–समिति र संगठन विभागको निर्णयअनुसार जारी संयोजकमा चयन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

उनलाई संयोजकमा नियुक्त गर्दै लोकतन्त्र, समावेशी राजनीति र युवाको सक्रिय सहभागितामार्फत संगठन बलियो बनाउने अपेक्षा गर्दै उनको अनुभव, क्षमता र प्रतिबद्धताले संगठनलाई महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी