हेटौंडा । मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको साधारण सभा सम्पन्न भएको छ । शनिबार म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको सभाध्यक्षमा तथा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यमा १४ औँ वार्षिक साधारण सभाको उद्धाटन भएको थियो ।
कार्यक्रमा गत आर्थिक वर्षमा भएको आर्थिक विवरणको आय-व्यय विवरण पेश गरिएको थियो । साधारण सभाको उद्धाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिजय संघ उपाध्यक्ष राजु अधिकारी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्