बागमती प्रदेश सरकारको मुख्यमन्त्री टिम र प्रमुख सचिव टिमबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता विहिबार सम्पन्न भएको छ । फुटसल प्रतियोगितामा प्रमुख सचिवको टिम ८ – २ गोलले विजयी भएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा विहिबार हेटौंडामा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिमले जित हात पारेको हो।
मुख्यमन्त्री टिमबाट दुबै सान्त्वना गोल आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले गरेका हुन्।
प्रतियोगितामा मुख्यमन्त्री टिमका तर्फबाट मन्त्री पौडेलले दुई गोल गरे । प्रतियोगितामा प्रमुख सचिव टिमले मुख्यमन्त्री टिमलाई ८–२ गोल अन्तरले पराजित गरेको हो।
खेलकुदको माध्यमबाट राष्ट्रिय उत्सव मनाउने र कर्मचारी तथा नेतृत्व वर्गबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यकम आयोजित गरिएको परिषद्ले जनाएको छ। मैत्रीपूर्ण प्रतियोगिताले मन्त्रालय तथा निकायहरूबीच सहकार्य र खेलकुदप्रति थप अर्कषण हुने लिइएको जनाइएको छ।
कार्यक्रममा मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारका उच्चपदस्थ, कर्मचारी, खेलकुद पदाधिकारी तथा स्थानीय खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।






















प्रतिक्रिया दिनुहोस्