सोमबार भएको वर्षाको कारण पानी जमेर प्रभावित परेको पिप्ले-क्याम्पा रङ्गशालाको खेल मैदान । फाइल तस्वीर

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा जारी पाँचौं संस्करणको मेयरकप फुटबल प्रतियोगितामा आज बिहिबार दुई समूहको खेल हुँदैछ । हिजो बुधबार स्थगित भएको दुई टिमबीचको खेल आज बिहिबार हुन लागेको हो । हेटौंडा–५,पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हुने पहिलो खेलमा हेटौंडा–५ र हेटौंडा–१५ बीच भिड्न्त हुनेछ भने दोस्रो खेलमा हेटौंडा–१२ र हेटौंडा–१७ बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।