चितवन–भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित थारु धर्मशाला देवघाटमा बस्ने एक वृद्व मृत अवस्थामा भेटिएका छन् ।

गएको ८ गते अन्दाजि बिहान ०८ः३० बजेको समयमा नामथर नखुलेको अन्दाजि बर्ष ६०÷६५वर्षे वृद्व सुतिरहकै ठाँउमा मृत अबस्थामा शव भेटिएका थिए ।

घटनास्थल तथा शव जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतकको शव पोष्ट मार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा मृतकको शव राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वृद्वको आफन्तहरु भने अझै सम्पर्कमा आएका छैनन् ।

मृतकको आफन्तहरु हालसम्म कोही सम्पर्कमा नआएकै कारण उक्त हुलिया भएको व्यक्ति कोही कसैले चिन्नु भएमा निजको आफन्तलाई नजिकको प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यलय चितवनमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

जानकारी आएमा प्रहरी कन्ट्रोररुमको  नम्बर (१००) वा मोबाइल नम्बर ९८५५०९०१३३ र ९८५५०१३९९९मा खबर गर्न अनुरोध गरिएको हो ।