रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मुस्लिम इत्तेहाद संगठन मकवानपुरको आयोजनामा आउँदो बुधबारदेखि शनिवार सम्म क्रिकेट प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको सहयोगमा सञ्चालन हुने प्रतियोगिता हेटौडा–४ स्थित लोकतान्त्रिक चौर हुप्रचौरमा हुनेछ ।
आइतबार होटल सिमामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका सह–संयोजक प्रमोद मानन्धरले बागमती प्रदेश र मधेश प्रदेशबाट १६ वटा टिमको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रतियोगिता मुस्तफा अन्सारी संयोजनमा प्रतियोगिता सञ्चालन हुने छ । बिहानको ८ बजेबाट सुरु हुने उद्घाटन खेलमा नेपाल स्टार क्लब र टिमबिल्ट फोर्ट भिड्ने छन् ।
नकआउट चरणमा सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले १लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।खेलमा उत्कृष्ट हुने व्याट्सम्यान, बलर, म्यान अफ द म्याच सर्वो उत्कृष्ट खेलाडीलाई पनि ट्रफि प्रदान गरिने मुस्तफाले बताए।
मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशका अध्यक्ष मोहमद समीम, जिल्ला क्रिकेट संघका सचिव विनोद कुमार बानियाँ लगायतको टिम कप्तानहरुको उपस्थितिमा आइतबार प्रतियोगिता बारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्