हेटौंडा । नेकपा (एमाले) का मुख्य सचेतक महेश कुमार बर्तौलाले सरकारले निर्वाचन नहुने वातावरण बनाइरहेको आरोप लगाएका छन् । आइतबार  एमाले केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा प्रस्तुत गर्दै एमालेका मुख्य सचेतक बर्तौलाले “जनवादको कार्यनीति आत्मसात् गरेको लोकतान्त्रिक पार्टी एमाले जनताको म्यान्डेटबाट कहिल्यै नडराउने बताएका छन् ।

उनले अहिले  सरकारले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन गराउने चाहना राखेको छ कि छैन ?” भन्ने कुराको प्रश्न रहेको दाबी गरेका छन् । उनले अनुसार आगामी फागुन २१ गते तोकिएको निर्वाचन असंवैधानिक ढङ्गले बनेको वर्तमान सरकारले गराउने मनसाय नराखेको कुरा घामजत्तिकै स्पष्ट हुँदै गएको बताए ।

उनले  “सरकार डर र आतङ्क फैलाएर सत्ता लम्ब्याउन खोज्दै” बर्तौलाले हालको सरकारले निर्वाचनको तयारी गर्नुभन्दा पनि डर, भय र त्रास सिर्जना गरेर सत्तामा टाँसिन खोजेको टिप्पणी गरे। उनले गृहमन्त्री स्वयंले दलहरूसँग घिनलाग्दो प्रतिशोधपूर्ण व्यवहार गर्दै मुलुकको शान्ति–सुरक्षा कमजोर बनाएको आरोप पनि लगाए ।

“राजनीतिक संवाद र सहमतिबाट होइन, निषेध र दबाबबाट अघि बढ्ने सरकारबाट लोकतन्त्र बलियो बन्न सक्दैन,”  बर्तौलाले भने  “निर्वाचन पनि नहुने, संसद् पनि नहुने अवस्था गम्भीर खतरा” मुख्य सचेतक बर्तौलाका अनुसार एकातिर घोषित मितिमा निर्वाचन पनि नहुने, अर्कातिर जनप्रतिनिधिमूलक संस्था संसद् पनि नहुने अवस्था बनाइँदै छ। “त्यस्तो परिस्थिति मुलुकलाई अर्को भयानक संकट र दुर्घटनातर्फ धकेल्ने निश्चित छ,” उनले चेतावनी दिए ।

समाधानका लागि चार बुँदे प्रस्ताव
बर्तौलाले वर्तमान राजनीतिक संकट समाधानका लागि चार बुँदे प्रस्ताव प्रस्तुत गरे —
बिघटित संसदको तत्काल पुनर्स्थापना,
पुनर्स्थापित संसदबाट सर्वदलिय राष्ट्रिय सरकार गठन,
संविधान संशोधन र सुशासनसम्बन्धी कानुन निर्माण,
९ महिनाभित्र अर्ली निर्वाचन सम्पन्न गर्ने तयारी।
🔹 “सर्वदलिय एकता आवश्यक”

उनले भने, “यो संकट कुनै एक दलको चाहनाले समाधान हुँदैन। संविधान र लोकतन्त्रमा आस्था राख्ने सबै देशभक्त शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्छ। त्यसका लागि एमालेले अग्रसर भूमिका खेल्नुपर्छ।”

रातो समाचार संवाददाता
थप जानकारी