मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो व्यक्तिगत लगानीमा विपन्न दलित महिलालाई घर निर्माण गरी हस्तान्तरण गरेका छ्न् । उनले आफू प्रदेशको मुख्यमन्त्री बन्दै गर्दा लिएको पहिलो निर्णयकै कार्यान्वयनस्वरूप मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको घर निर्माण गरेर आइतबार एक कार्यक्रमकोबीच हस्तान्तरण गरेका हुन् ।
करिब ७ लाख ५० हजार रुपैयाँ पर्ने घर बानियाँले केबल ५ लाख रुपैयाँको बजेट लगाने गरेर निर्माण गर्न सफल भएका हुन् । उनले ४ लाख ६५ हजार रुपैयाँको बजेटमा उक्त घर निर्माण गरेर हस्तान्तरण गर्न सफल भएको बताए । मिठुमाया सुनारको बास स्थानको लागि उपयुक्त हुनेगरीमुख्यमन्त्री बानियाँले उक्त घर आफ्नो सेवा–सुविधाबाट प्राप्त पारिश्रमिक र निजी खर्चबाट घर निर्माण गर्दिएको बताए ।
दशैं अघिनै घर सम्पन्न गर्न भनेर योजना बनाएपनि जेनजीको आन्दोलनको कारणले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताए । उनले घर हस्तान्तरणपछि मिठु मायाको जीवनयापन गर्न सहजहोस भनेर २० हजार रुपैयाँको नगद सहयोग गरेका छन् । बागमती प्रदेशभरका एक हजार विपन्नका लागि घर र रोजगारी कार्यक्रम प्रदेश सरकार गर्ने बताए ।


































प्रतिक्रिया दिनुहोस्