हेटौंडामा रहेको “सेवा सहयोग आवाजमा हामी” SSAH का पदाधिकारी सङ्ग समृद्ध राष्ट्र निर्माणका लागि संकल्प भन्दै स्वतन्त्रको एकता”माहाकाली-मेचीको यात्रा-२०८२” सुरु गरेका  सुदुर पश्चिमका युवाहरुले  भेटघाट गरेका छन् ।

सुदुर पश्चिमका युवाहरु समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान भन्दै स्वतन्त्रको एकता”माहाकाली-मेचीको यात्रा-२०८२” सुरु गरेका युवाहरुले स्वतन्त्रको एकता”माहाकाली-मेचीको यात्रा-२०८२”यही भाद्र-१७ गतेदेखि सुरु गरे सङ्गै हेटौंडामा रहेको सेवा सहयोग आवाजमा हामीका पदाधिकारी सङ्ग पनि भेटघाट गरेका छन् ।

यात्राका संयोजक प्रेमराज भट्ट सहितका टोलीलाइ SSAH का अध्यक्ष विशाल राज महतले स्वागत गरेका हुन् ।

भेटघाट गर्दै  संयोजक  भट्ट सहित धिरेन बोगटी, भिम बहादुर बोहरा, भुपेरा राज भट्ट, हरिहर भट्ट, गणेश शाह,  विष्णु बोहरा, प्रताप बहादुर थापा मगर, राजन खड्का,ले देशमा भैरहेको अवस्था र व्यवस्था  पार्टी र व्यक्तीमा रहेर  चलिरहेका कारण आम नागरीक  सचेत हुनुपर्ने  बताए।

संयोजक भट्टले भने” हरेक पटक काम गर्ने स्थानमा  हामीले पठाएका व्यक्ती सहि परेनन् ।  अब हामी आफै सचेत हुनु पर्छ भन्ने अभियान हो हामीलाई  धनगढीका मेयर गोपि हमालले  महत्वपुर्ण कार्य भन्दै शुभकामना दिदै पठाउनु भयो। हामी मेची पुग्छौ । धरानका मेयर हर्क साम्पाङ्ग सङ्ग भेटघाट गरेर यात्रा अन्त्त गर्छौ ।”

यसै क्रममा हेटौडाका सामाजिक सहयोगमा समेत रहेका SSAH का अध्यक्ष महतले  आफुहरु नाम जस्तै काम गर्न सस्थाको माध्यमबाट आएको बताए।

एक्लैले हरेक काम गर्न सहज नहुने भएकाले सामुहिक रुपमा आएको  बताएका हुन्  ।

महतले स्वागतयोग्य अभियान भनेर स्वागत गर्दै पुर्ण रूपमा अभियानमा जोडिने प्रतिबद्धता व्यक्त गरे ।