राजु अधिकारीलाई गृह प्रवेश गराउँदै नगर प्रमुख मीनाकुमारी लामा ।

हेटौंडा । हेटौंडा–११,स्थित मामाघर नेपालको संरक्षणमा रहेको राजु अधिकारीले गृह प्रवेश गरेका छन् । वि.सं २०६८ सालमा सडक बालकको रूपमा हेटौंडाबाट पहिलो पटक उद्दार गरि मामा घर नेपालको संरक्षणमा रहेका राजु अधिकारीले बुधबार गृह प्रवेश गरेका छन् । उद्वार गरिएका बालक र मामाघरको लगानीमा हेटौंडा–११ डाङ्गडुङ्गेमा खरिद गरेको घरमा सस्थाको अभिभागत्व लिदै आएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गृह प्रवेश अधिकारीलाई गराएकी छिन् ।

नेपालमा रहेर अनेकौं दुःख गरेका राजुले विदेशी मूलूक कतारसम्म पुगेर काम गरे । गृह प्रवेश पछि अहिले आफ्नो सपना पूरा भएको कुरा बताए । १० धुर जग्गामा बनेको ४ कोठे घरमा उनि आफ्नो श्रीमती सहित प्रवेश गरेका हुन् । मामाघर नेपालको संरक्षणका लागि अभिभावकत्व लिएको उपमहानगरले चालु आर्थिक बर्ष २०८२÷०८३ मा अक्षय कोष सञ्चालनका लागि २० लाख रुपियाँ बिनियोजन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । सस्थमा अहिले २४ जना अनार्थ र असहाय बालबालिका संरक्षणमा रहेका छन् ।