मन्त्रिपरिषद्‍को बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

मन्त्रिपरिषद्‍बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नेछन् । प्रतिनिधि सभा बैठक आइतबार साँझ साढे ६ बजे बस्ने तयारी भएको छ ।

आइतबार साँझ संसद्‍ बैठक सकिए लगत्तै संघीय संसद्को प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक कक्षमा मन्त्रिपरिषद्‍ बैठक बसेको थियो ।

kantipurbata बाट साभार साभार गरिएको हो ।