मकवानपुरको मनहरी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई बाघलाई मंगलबार साँझ निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको छ ।
मकवानपुर प्रहरी दिएको जानकारी अनुसार वडा नम्बर – ५ स्थित बसन्तपुरमा सोही बाघले एकजना वृद्धाको ज्यान लिनुका साथै पशुचौपाया समेत मारेको थियो ।
बाघको आक्रमणमा परेर स्थानीय ७२ वर्षीया कान्छीमाया रुम्बाको ज्यान गएको थियो भने स्थानीय सुर्य बहादुर मोक्तानको घर नजिकै खोरमा रहेको रहेको ७ वटा बाख्रा मारेको थियो ।
सोही मध्ये १ बाख्रा बाघले नै जंगल तर्फ लिई गएको भन्ने खबर पाएपछि पर्सा बन्यजन्तु आरक्षणबाट २ वटा हात्ती र नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जका टोलीले बाघ नियन्त्रका लागि खटिएका थिए ।
करिब ४८ घण्टाको अवधिमा मंगलबार साँझ ६ बजेर १८ मिनेटको समयमा डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बसन्तपुर स्थित सुकौरा खोलामा बाघले मारेको बाख्रालाई नै पासो थापेर बन्दुक बाट लट्याउने सुई लगाई डाट प्रबिधीटोली द्धारा नियन्त्रणमा लिएको उक्त बाघलाई पर्सा बन्यजन्तु आरक्षण लगिएको छ।
प्रतिक्रिया दिनुहोस्