निर्वाचन आयोगले मतगणना गर्दा समस्या नहोस् भन्ने उद्देश्यले मात्र पतपत्रमा चुनाव चिन्ह हरियो रङ्गको बनाउन खोजेको प्रष्ट पारेको छ ।
बिहीबार आयोजितत नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिन्ह र स्वस्तिक छापको रङ्ग फरक पारेको जानकारी दिनुभयो ।
२०७४ सालको निर्वाचनमा चुनाव चिन्ह पनि नीलो रङ्गको थियो । चुनाव चिन्ह र स्वस्तिक छापको रङ्ग एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाएपछि आगामी निर्वाचनमा रङ्ग भिनन्ता गर्न खोजेको उहाँले बताउनुभयो ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्