लालकाजीरत्न बज्राचार्य

हेटौंडा । मकवानपुर जिल्ला तेक्वान्दो संघको अध्यक्ष पुनः लालकाजीरत्न बज्राचार्य चयन भएका छन् । शनिबार हेटौंडा–४,स्थित बालकुमारी पार्टी प्यालेसमा भएको तेक्वान्दो संघको चौंथो वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले तेस्रो कार्यकालका लागि सर्वसम्मत लालकाजीरत्न बज्रचार्यलाई अध्यक्षमा चयन गरेको छ । बज्राचार्यको अध्यक्षतामा १३ सदस्य कार्य समिति ४ वर्षे कार्यकालका लागि चयन गरिएको छ ।

उपाध्यक्षमा विमल विश्वकर्मालाई ६ मतले हराउँदै निरुकुमारी मगर निर्वाचित भएकी छिन् । निरुकुमारी मगरले १२ मत प्राप्त गर्दा विमल विकले ६ मत प्राप्त गरेका छन् अर्को उपाध्यक्षमा मानबहादुर वाइबा सर्वसम्मत चयन भएका छन् ।

सचिवमा ओमबहादुर मोक्तान र कोषाध्यक्षमा रवीन्द्र सर्वसम्मत चयन भएका छन् । सदस्यमा सुरशा ढुंगाना (१७) मत, पवन अगस्ती (१४) मत, शिवहरि राई (१८) मत, हरि भुजेल(१४) मत र उमेश बुढाथोकी (६) मत सहित निर्वाचित भएका छन् भने गोपाल सुनार, विवेक राई, माधवलाल श्रेष्ठ र पुरुषोत्तम रुपाखेती र्निविरोध निर्वाचित भएका छन् ।

जिल्ला तेक्वान्दो संघका अध्यक्ष बज्राचार्यको सभाध्यक्षमा तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का नितर्वमान बोर्ड सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, कार्यालय प्रमुख माधव कोइराला लगायतको उपस्थिति रहेको थियो ।

नयाँ कार्यसमिति चयनपछि खिचिएको सामूहिक तस्बीर ।