मकवानपुरको बकैया गाउँपालिका–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन भएको छ ।
आगामी फागुन – २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि चुनावी मैदानमा कुलमान घिसिङ नेतृत्व उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर क्षेत्र – १ का लागि सुरेन्द्र लामा प्रत्यक्ष उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभा उम्मेदवार इन्जिनियर समेत रहेका सुरेन्द्र कै प्रमुख अतिथ्यतामा कमिटी गठन भएको हो।
कमिटी गठनसँगै पार्टीले बकैया–३ मा संगठन विस्तारलाई थप मजबुत बनाउने र आगामी निर्वाचनमा जनताको भरोसालाई व्यवहारमा उतार्ने तयारी थालेको जनाएको छ।
प्रतिनीधि सभा निर्वाचनका लागि चुनावी मैदानमा होमिएका सुरेन्द्र मकवानपुर जिल्लाको शिक्षा क्षेत्रमा सक्रिय रहँदै निःशुल्क आइ.टि. ट्रेनिङ, इन्टर्नसिप तथा आइ.टि.रोजगारीका अवसरहरू सिर्जना गर्दै धेरै युवालाई आत्मनिर्भर बन्न सहयोग गरेका व्यक्तीलाई उम्मेदवार बनाइएको बताइएको हो ।
पछिल्लो साता उज्यालो नेपाल पार्टीप्रति मकवानपुर वासीहरूको ध्यान उल्लेखनीय रूपमा केन्द्रित भएको र समाजसेवकको रूपमा शिक्षा क्षेत्रमा सक्रिय रहँदै निःशुल्क आइ.टि. ट्रेनिङ, इन्टर्नसिप तथा आइ.टि. रोजगारीका अवसरहरू सिर्जना गर्दै युवाहरुलाई आत्मनिर्भर बन्न सहयोग गरेका व्यक्ती नै अघि सारिएको बताइएको हो ।
इमानदार, सक्षम र दूरदर्शी नेताको आवश्यकता रहेकाले उम्मेदवार इन्जिनियर सुरेन्द्र योग्य र सक्षम व्यक्ति भएको र जित सुनिश्चित रहेको पार्टीका पदाअधिकारीको भनाइ छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै देशको सबैभन्दा अन्धकार र अपारदर्शी नै राजनीति भएको अवस्थामा अब यस्तो अवस्थाबाट देशलाई मुक्त गरिनुपर्ने उम्मेदवार सुरेन्द्रले बताए ।
देशलाई अन्धकार र कालो राजनीतिबाट निकास दिन उज्यालो लक्ष्य बोकेको पार्टीको आवश्यकता रहेकाले आफुहरु आएको सुनाएका हुन् ।
जनताले पनि कुलमान घिसिङजस्ता नेतृत्वबाट देशको अन्धकार राजनीतिलाई उज्यालो बनाउने अपेक्षा गरेकाले वर्तमान अवस्थामा त्यही जिम्मेवारीका साथ जनताको बीचमा आएको बताएका हुन् ।
भन्छन् “विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्ने उम्मेदवारको प्रतिबद्धताले स्थानीय तहमा नयाँ आशा र उत्साह पैदा गरेको छ।”
………………………………………………………………………………………………………….
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि बिभिन्न दल र स्वतन्त्र तर्फबाट उम्मेदवार बनिसकेको अवस्था छ । गएको भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारणले संसद विघटन भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।
मकवानपुरलाई हेर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँगै स्वतन्त्र तर्फबाट गरेर कूल ४४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । क्षेत्र–१ बाट २३ जना क्षेत्र–२ बाट २१ जना भिड्दै छन् ।
उम्मेद्वारहरु प्रचार प्रसारका लागि पनि दौडधूपमा व्यवस्थ देख्दा निर्वाचनको माहोल रोचक बन्ने देखिन्छ ।
…………………………………………………………………………………………………………………………
















प्रतिक्रिया दिनुहोस्