नेपालबाट अवैध रुपमा भारत लैजाँदै गरिएको सूर्तीजन्य कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ। बुधबार बिहान नेपालगन्ज उपमहानगरपालिका–१५, पिप्रहवाबाट चार लाख बराबरको कच्चा पदार्थ बरामद प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार १६ बोरा कच्चा पदार्थ प्रहरीले बरामद गरेको हो।

करिब चार लाख ५० हजार मूल्य बराबरको उक्त कच्चा पदार्थ भएको उनले जनाए। बरामद गरिएको कच्चा पदार्थ कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको उनको भनाइ छ।