Rato Samachar
Sat, 30 May, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले देशका विभिन्न स्थानमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएको जनाउँदै प्रभावितलाई तत्काल उद्धार एवम् राहतको प्रबन्ध गर्न सरकारसंग माग गरेका छन् । बैठकको शून्य समयमा बोल्ने अधिकांशले सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको प्रबन्ध गर्न माग गरेका छन् । बैठकमा सांसद नविना लामाले मङ्गलबार रातिको अविरल वर्षाका कारण काठमाडौँका विभिन्न नदी करिडोरमा क्षति पु¥याएको जनाउँदै प्रभावितलाई राहतको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद नरबहादुर धामीले गत वर्षको बाढी प्रभावितले अहिलेसम्म राहत नपाएको गुनासो गर्नुभयो । सांसद नारायणप्रसाद खतिवडाले मङ्गलबार रातिको अविरल वर्षाका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा बाढी र पहिराले जनजीवन प्रभावित पारेको जनाउँदै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद दलबहादुर रानाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहाडी र हिमाली क्षेत्रमा तटबन्धको कार्यक्रम अगाडि नबढाएकामा गुनासो गर्दै त्यस्ता कार्यक्रम तत्काल सुरु गर्न माग गर्नुभयो । सांसद दिलकुमारीले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गरी नागरिकताविहीन नागरिकको समस्याको समाधान गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो । सांसद दीपकप्रकाश भट्टले महाकाली सिँचाइ आयोजनाको निर्माण ढिलो भएको जनाउँदै तालुकदार मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद दुर्गाबहादुर राउतले जनयुद्धका क्रममा घाइते तथा अपाङ्गता भएका नागरिकले आवश्यक राहत तथा सुविधा पाउन नसकेको हुँदा तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । सांसद दुर्गाकुमारी विकले तरकारी तथा फलफूल आयात गर्दा गैरखाद्य पदार्थ रहे नरहेको परीक्षण गर्ने व्यवस्था भन्सारहरुमा जडान गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दुर्गा पौडेलले बढ्दो आत्महत्याको कारण पत्ता लगाउनुपर्नेमा जोड दिनुभयो । सांसद देवप्रसाद गुरुङले प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा संविधान र कानुनले रिक्तताको परिकल्पना नगरेको भन्दै उहाँले तत्काल कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद प्रकाश रसाइली स्नेहीले मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयभित्र अनियमितता भइरहेको गुनासो सुनिएको जनाउँदै यस्ता अधिकारीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । सांसद प्रमिला राईले अविरल वर्षाका कारण उदयपुरका नागरिक असाध्यै प्रभावित भएकाले उनीहरुको गाँसबासको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेम सुवालले पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न माग गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकाभित्र हेभी सवारी साधन चल्दा जनजीवन प्रभावित भएको जनाउँदै यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

रुपन्देहीका दिनेशले जिते गणतन्त्र दिवसको ५ किलोमिटर खुल्ला दौडको उपाधि

रातो समाचार संवाददाता

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी

काठमाडौंमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, भलिबलमा छात्र र छात्रातर्फ मकवानपुर क्वार्टरफाइनलमा

रातो समाचार संवाददाता

पेट्रोलदेखि भान्सासम्म महँगीको आगो : राहत माग्दै युवा अभियानता भोजराज संजेल

बागमतीमा एचआइभी संक्रमण घट्दो क्रममा, तर चुनौती अझै उस्तै 

रातो समाचार संवाददाता

नवोदय शिशु सदनले जेठ १५ गतेदेखि नवोदय मुन कार्यक्रम गर्दै, २०० जना विद्यार्थीको सहभागिता रहने

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

रुपन्देहीका दिनेशले जिते गणतन्त्र दिवसको ५ किलोमिटर खुल्ला दौडको उपाधि

रातो समाचार संवाददाता

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology