अर्जुन संजेल – मकवानपुरको बागमती  गाउँपालिकामा आँखा अस्पताल सुरु भएको छ ।

बागमति गाउँपालिकाको झुरझुरेमा आफ्नो कार्यालय स्थापना गरि आजबाट सेवा सुरु गरेको हो ।

बागमति गाउँपालिका अध्यक्ष सर्केश घलानको पहलमा गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा सामुदायिक आँखा केन्द्रको उद्घाटन गरिएको हो ।

अध्यक्ष घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा शुक्रबार सामुदायिक आँखा केन्द्र उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले आँखाका बिरामीहरुलाई हेटौंडासम्म जानुपर्ने बाध्यता हटाउन र घर आँगनमा नै सहज उपचार गर्न आँखा केन्द्र संचालनमा ल्याइएको बताउनुभयो । उहाँले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने बताउनु भयो ।

नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले बागमती गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना हुनपूर्वदेखि नै आँखा सेवा पुर्याउँदै आएकोमा अहिले व्यवस्थित रुपमा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमा नेपाल आँखा कार्यक्रम कार्यकारणी सदस्य सिद्विलाल श्रेष्ठ, बागमति गाउँपालिका उपाअध्यक्ष धनमाँया स्याङतान, बागमति गाउँपालिका कार्यकारि अधिकृत दिलीप कुमार श्रेष्ठ ,नेत्र रोग बिशेसज्ञ डा. होम बं गुरुङ , बागमति गाउँपालिका लेखा अधिकृत झम्क नारायण घलान, नेकपा माओवादी केन्द्र बागमति गाउँपालिका अध्यक्ष अरुण बललगायतको उपस्थिती रहेको थियो।