बागमती प्रदेश राजधानी हेटौंडामा बारफोन (किप्याड) मोवाइलमा फोरजि नेटवर्क चल्ने मोवाइल सेट बजारमा ल्याइएको छ ।

हेटौंडामा मोवाइल व्यवसायीको उपस्थितिमा मोवाइल र एशोसेरिजबारे जानकारी दिएको छ ।

नेपालको लागि आधिकारिक विक्रेता एरियल नेपालले एनाजाइजर नामक मोवाइल (बारफोन) तथा अर्वान कम्पनीका स्र्माट घडीहरु र फक्सिन ब्राण्डका डाटाकेबल, एयरफोन, पावर बैंक, हेडसेट, जस्ता एशोसेरिज उत्पादन गरि बजारमा ल्याएको कम्पनीका एरियल नेपालका नेशनल सेल्स म्यानेजर कृष्ण अग्रवालले बताए ।

उनले बारफोन सेटमा फोरजि नेटवर्क सहित युट्युव, गुगल, फेसबुक र वाट्सअफ समेत प्रयोग गर्न मिल्ने सुविधा रहेको बताएका थिए । डिलर एशोसियसन मकवानपुरका संयोजक रोहिनी प्रसाद गौतमको अध्यक्षता तथा मकवानपुर मोवाइल एशोसियसन अफ नेपालका अध्यक्ष दिनेश लामाको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा कम्पनीका अप्रेसन म्यानेजर प्रनव तोदीले उत्पादित वस्तुका सेवा सुविधा, महत्व र विशेषताबारे जानकारी गराएका थिए । उनले तीन वटा मोवाइल सेट बजारमा ल्याएको जसमध्ये इ२४ स्मार्ट फिचर भएको फोन सेट जसमा फोरजी नेटवर्क, गुगल चल्ने, डबल क्यामरा, युट्युव, फेसबुक र वाट्सअफ समेत प्रयोग गर्न सकिने बताए ।

१२५ वर्ष पुरानो ब्राण्डमा रहेको एनाजाइजर मोवाइल एक वर्षभित्र विग्रेमा कम्पनीले फिर्ता लिएर नयाँ सेट ग्राहकलाई दिने समेत जनाएको छ ।

उनले अर्वन ब्राण्डका विभिन्न स्र्माट घडी लगायत अन्य उत्पादनबारे जानकारी दिनुका साथै फक्सिन ब्राण्डका डाटाकेबल, एयरफोन, पावर बैंक, हेडसेट, जस्ता एशोसेरिजबारे जानकारी दिएका थिए । उत्पादन सार्वजानिक कार्यक्रममा हेटौंडा मोवाइल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

हेटौंडामा माेवाइल सेटकाे लागि शुभलक्ष्मी माेवाइल अाधिकारिक विक्रेता हुन भने एशाेसेरिजकाे न्यु हेटौंडा माेवाइल सेन्टर रहेकाे जनाएको छ ।