Rato Samachar
Thu, 18 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

फूलप्रसादसहित बडिमालिका पठाइयो सरकारी डोल

  • सुदूरपश्चिमकै प्रसिद्ध बडिमालिका मन्दिरका लागि डोटीबाट फूलप्रसादसहितको एक सरकारी डोल (पेटारो) पठाइएको छ । जनैपूर्णिमा अर्थात् यही साउन २७ गतेका दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको उक्त सरकारी डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो । सिलगढीमा रहेको भैरवप्रशाद गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालयको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरामा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो । राणा शासनकालदेखि तत्कालीन डोटी गौडा अर्थात् जिल्ला कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवत्रुपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहेअनुसार उक्त डोल पठाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “राणाकालदेखि डोल पूजाआजा गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोहीअनुसार हामीले पनि आज पूजाआजा गरेर आज विधिवत्रुपमा डोल पठाएका छौँ ।” उक्त सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल लैजाने चलन रहेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र भएका कारण जनैपूर्णिमामा उक्त मन्दिरमा भक्तजनको मेला लाग्ने गरेको शैलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तजनले चिताएको पुग्ने विश्वासका आधारमा बडिमालिका मेलामा बर्सेनि भक्तजनको भीड लाग्छ, यो सुदूरपश्चिमकै पवित्र तीर्थस्थल हो, हामीले पनि डोल पठाएका छौँ, बडिमालिकाले भक्तजनको मनोकामना पूर्ण गर्छ ।” समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडिमालिका जान जिल्ला सदरमुकाम सिलगढीबाट एक दिन गाडीमा या दुई दिन पैदल यात्रा गर्नुपर्ने सिलगढीका स्थानीयवासी तेजबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सिलगढीबाट डोलको यात्रा सुरु हुँदादेखि नै गाउँलेले बाटोमा पूजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामनासहित ठाउँठाउँमा पानीका घडा तथा फूलमालाले स्वागत गर्ने गर्दछन् । डोल लगेर बडिमालिका जान लागेका मालपोत कार्यालयका कर्मचारी नारद गिरीले भन्नुभयो, “तीर्थयात्रीको यात्रा सफल होस् भन्ने कामनासहित ठाउँठाउँमा फूलमाला र पानीका घडा राखेर स्थानीयले स्वागत गरेका हुन्छन्, फर्किने समयमा हामीले ती घडामा बडिमालिकाको प्रसाद राखेर आउछौँ ।” बडिमालिका जाने क्रममा बाटोमा खाने बस्ने व्यवस्थाका लागि भने समस्या रहेको छ । उक्त क्षेत्रमा जनैपूर्णिमाको मेलाबाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन् । बडिमालिका जाने क्रममा बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि देख्न पाइने गरेको बडिमालिका मन्दिर गएका व्यक्ति बताउँछन् । बडिमालिका जाने बाटोमा त्रिवेणीधाम पर्छ । तीन नदीको सङ्गम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्व बाबुआमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवेणीधामबाट कम्तीमा पनि छ घण्टा हिँडेपछि बडिमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने र लामो समयसम्म नपग्लिने बडिमालिकामा बर्सेनि जनैपूर्णिमाको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् । प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका तथा खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि सरकारले त्यति प्रभावकारी योजना भने बनाउन सकेको छैन । जनैपूर्णिमाका बेला चतुर्दशीका दिन बडिमालिकामा लाग्ने विशेष मेलामा पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारीस्तरबाट पूजा गर्ने चलन रहेको सिलगढीका बासिन्दा बताउँछन् । बडिमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्न लाम लागेर बस्ने गर्दछन् । पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवलाई आमन्त्रण नगरी अपमान गरेपछि क्रुद्ध भएकी सतीदेवी यज्ञकुण्डमा हाम फालेपछि उहाँको मृत शरीर बोकेर हिँडेका महादेवको काँधबाट सतीदेवीको अङ्गपतन भई बडिमालिका मन्दिर स्थापना भएको किंवदन्ती रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology