भक्तपुरको घ्याम्पेडाँंडामा ३५ करोड लगानीमा जिल्लाकै ठूलो होटल सञ्चालनमा ल्याइएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ घ्याम्पेडाँंडामा ‘घ्याम्पेडाँंडा होटल’ सञ्चालनमा ल्याइएको हो।

जिल्लाका १९ जना युवा व्यवसायीहरुको संयुक्त लगानीमा होटेल सञ्चालनमा ल्याइएको हो। प्रख्यात होटल व्यवसायी केपी अवाल, नातिभाइ हयोम्वा, राजेन्द्रप्रसाद प्रजापति, रत्नप्रसाद प्रजापति लगायतका विभिन्न पेशा व्यवसायमा संलग्न युवाहरुको समूहले होटेल सञ्चालनमा ल्याइएको हो।

होटेल अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट झण्डै साढे चार किलोमिटर दक्षिणस्थित प्रख्यात पर्यटकीयस्थल घ्याम्पेडाँंडामा रहेको छ। जिल्लाकै अर्काे प्रख्यात पर्यटकीयस्थल रानीकोट नपुग्दैको वीचबाटोस्थित घ्याम्पेडाँंडामा होटेल रहेको छ।

होटेल सञ्चालक मध्येका एवं होटेल सञ्चालक समितिका सचिव नातिभाइ हयोम्वाले विशेष गरेर विदेशी पर्यटकलाई जिल्लामै उत्कृष्ट सेवा दिने उद्देश्यका साथ होटेल सञ्चालनमा ल्याइएको जनाए। कोभिडका कारण विदेशी पर्यटकहरु नेपाल आउने क्रम अत्यन्त न्यून भएकोले स्वदेशी पर्यटकहरुलाई पनि अहिले सेवा दिइरहेको हयोम्वाले जनाए।

होटेल चार रोपनी क्षेत्रफलमा फैलिएको छ। त्यहाँं दुई वटा भवनहरु रहेका छन्। एउटा होटेल भबन र अर्काे कार्यक्रम होटेल रहेका छन्। ठूलो कार्यक्रम भबनमा दुई सय भन्दा वढी मानिस वसेर कार्यक्रम गर्नसक्ने क्षमताको रहेको बताएको छ। साथै ठूलो होटेल भबनमै दुई वटा ससाना कार्यक्रम हल पनि बनाइएका छन्। एउटामा ६० जना वस्नसक्ने क्षमताको र अर्काे त्यो भन्दा पनि सानो १५ जना वस्नसक्ने क्षमताको कार्यक्रम हल त्यहाँं रहेका छन्।

होटेलमा रात विताउन चाहने पाहुनाहरुका लागि ४० वटा कोठाहरु रहेका छन्। ती कोठाहरुलाई पनि स्वीट, सुपर डिलक्स, र डिलक्स गरी तीन प्रकारका पाहुना कोठाहरु रहेका छन्। ती कोठाहरुमा झण्डै एक सय जनासम्मले रात विताउनसक्ने क्षमताको रहेको बताएको छ।

होटेल सञ्चालकमध्येका एक राजेन्द्रप्रसाद प्रजापतिले पर्यटकीय नगरी भक्तपुरमा आउने पाहुनाहरुलाई स्तरीय सेवा दिने उद्देश्यका साथ होटेल सञ्चालनमा ल्याएको बताए। स्तरीय सेवाका साथै सुन्दर वातावरणमा रहेका कारण भक्तपुरबाट मात्रै नभई काठमाडौंबाट पनि दैनिक रुपमा सेवा लिन आउने ग्राहकहरु रहेको उनले बताए।

घ्याम्पेडाँंडा भक्तपुरको पछिल्लो चर्चित पर्यटकीय गन्तव्यस्थल हो। यो जिल्लाकै सवैभन्दा प्रख्यात सूर्यविनायकबाट केही मिनेटको सवारी यात्रामै पुग्न सकिन्छ। यहाँं पुग्न कालोपत्रेसहितको राम्रो सडक पनि रहेको छ।

यो घना वस्तीबाट पर सुन्दर, शान्त, रमणीय वातावरणमा रहेको छ। पहाडको टुप्पोमा रहेको यो ठाउँंबाट काठमाडौं, ललितपुर अनि भक्तपुर तीन वटै सहर देखिन्छन्। साथै यहाँंबाट नजिकैको जिपलाइन, लाकुरीभज्याङ, डोलेश्वर पनि देखिन्छन्।

दिउँंसो मज्जाले घाम लाग्ने अनि साँंझ परेपछि शितल चिसो हावा चल्ने वातावरणमा रहेको यो ठाउँं रोमान्चक रहेका कारण यो ठाउँंमा दैनिक सयौं आन्तरिक पर्यटकहरु पनि घुम्न आउने गर्दछन्। शनिबार लगायतका विदाका दिनहरुमा पनि समूहसमूहमा पिकपिकका साथ घुम्न आउनेहरुको संख्या अत्याधिक वढेको छ। त्यही कारण पछिल्लो समय यहाँं उच्च सेवा दिने होटेल बन्ने क्रम पनि सुरु भएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो