


प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेश गरेका हुन्।
फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।
आगामी चैतको २ गते बुधबार बस्ने प्रतिनिधिसभाको अर्को बैठकमा उक्त प्रस्तावमाथि छलफल हुने सभामुख अग्नि सापकोटाले जानकारी गराए।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्