फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई निसको नमिठो धक्का लागेको छ । शनिबार राति भएको खेलमा पीएसजी निससँग १–० गोलले पराजित भयो ।

बराबरीतर्फ धकेलिएको खेलको अन्तिममा गोल खाएपछि पीएसजी हार खेप्न बाध्य बनेको हो । ८८औँ मिनेटमा निसका एन्डी डेलर्टले गोल गर्दै घरेलु टोलीलाई जिताउनुभयो । प्रतिस्पर्धात्मक खेलमा बल पोसेसनमा पकड जमाएपछि पीएसजीले गोल गर्न सकेन ।

पीएसजीको रोजाईका स्टार लियोनल मेस्सी, नेमार र एन्जल डि मारियालाई निसको रक्षापंक्ति तोड्न गाह्रो परेको थियो । जारी सिजन लिगमा पीएसजीको तेस्रो हार हो । हारपछि शीर्षस्थानमा रहेको पीएसजीले २७ खेलबाट ६२ अंक छ । पीएसजीलाई हराएको निस दोस्रो स्थानमा उक्लिएको छ । निसको ४९ अंक छ । एजेन्सी

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो