पलाँता र पचालझरना गाउँपालिकामा -याफ्टिङ सञ्चालन गरिने भएको छ । पर्यटन प्रवद्र्धनका लागि दुई गाउँपालिकाले कर्णाली नदीमा -याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् ।

पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचालझरना गाउँपालिकाको लाफा पडेक्षासम्म चार किलोमिटरमा -याफ्टिङ गर्ने तयारी थालिएको छ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत दुवै गाउँपालिका अध्यक्षहरूले -याफ्टिङ गरेर सुरुवातसमेत गरिसक्नुभएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्वमुख्यमन्त्री महेन्द्रबहादर शाही, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्मर शाहीलगायतको टोलीले चार किलोमिट -याफ्टिङ गर्नुभएको थियो ।

पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले -याफ्टिङका लागि आफूहरूले पहिलो चरणमा आफैँ सुरुवात गरेको र अब आवश्यक केही तयारी गरेर नियमित सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले पचालझरना हेर्न आउने पर्यटकलाई थप मनोरञ्जन दिन पलाँता गाउँपालिकाको घाटाचौरबाट पचालझरना गाउँपालिकाको केन्द्र रहेको लाफा पडेक्षासम्म -याफ्टिङका लागि उपयुक्त भएको पाइएको जानकारी गराउनुभयो ।

नेपालकै लामो झरना पचालझरना हेर्न आउने पर्यटकलाई थप आन्नदित बनाउन ¥याफ्टिङ सञ्चालन गर्न लागेको उहाँको भनाइ छ । -याफ्टिङ सञ्चालनबाट स्थानीय तहको आन्तरिक आय वृद्धि हुनुका साथै रोजगारीको अवसर पनि सिर्जना हुनेछ । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँपालिकाले न्यून दरको शुल्क लिने जानकारी दिनुभयो । पचालझरना हेर्न आउने पर्यटक रास्कोटको देउरापाट धार्मिक पर्यटकीय स्थलको पनि भ्रमण गर्ने उहाँले बताउनुभयो ।

कर्णाली नदीमा -याफ्टिङ गर्दा सफल परीक्षण भएको -याफ्टिङ पर्यटन व्यवसायीले बताएका छन् । कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाका रूपमा चिनिएको छ । यसको उचाइ ३८१ मिटर रहेको छ । पचालझरनालाई नेपाल सरकारले पर्यटन गन्तव्य स्थानमा समावेश गरेको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो