हेटौंडा । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहालले पत्रकारको सुरक्षामाथि चुनौती रहेको बताएका छन् । पत्रकार सुरेश रजकको हत्या हुँदा कुनै प्रकारको कारबाही प्रक्रियालाई अगाडि नबढाएको केन्द्रीय महासचिव दहालले बताएका हुन् । शनिबार हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तथा नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौती र अवसरको विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले मृतक सुरेश रजकको हत्यामा संकलनको खोजी कार्यका लागि प्रक्रिया अगाडि नबढाएको बताए । १० महिनाको अवधीसम्म पारिश्रमिक नपाएपनि उनी आफ्नो काममा मेहनतले सक्रिय भएको जीकिर गरेका छन् ।

मिडिया क्षेत्रको लागि ऋण र अनुदान दिनुपर्ने वातावरणको सिर्जना गर्नुपर्ने उनले बताए । सबैले प्रविधिसँगै जोडिएको अवस्थामा यसबाट पर्न सक्ने सकरात्मक र नकरात्मक कुरालाई बुझ्नुपर्ने उनले बताए । विभिन्न जिल्लाका महासंघले बनाएको आचार संयता प्रविधिमैत्री भएको नभएको कुरालाई बुझ्नुपर्ने उनले बताए । प्रेससँग सम्बन्धीत कार्यमा अग्रसर बन्नुपर्ने उनले बताए । महासंघमा संघीयता लागू हुनेगरी अगाडि बढ्न आवश्यक रहेको उनले बताए । सबै महासंघले सदस्यता पार्दशीताको विषयलाई अध्ययन गर्न आवश्यक रहेको उनको भनाई छ । सबै पत्रकारहरुले समाचार संकलन गर्दा सन्तुलित ढंगबाट बुझेर संकलन गर्न आवश्यक रहेको उनले बताए ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारितामा सञ्चार माध्यम जोडिएको बताएका छन् । उनले पत्रकारिता क्षेत्रमा भएको डिजिटल प्रविधिले चुनौतीको सामना गर्र्नुपर्ने बताए । हाल पत्रकारिता क्षेत्रमा चलिरहेको चुनौतीमा प्रतिस्पर्धा पनि उत्तिकै हुने बताए । विश्वसनीयताको कुरा पत्रकाररिता क्षेत्रमा बुझ्नुपर्ने उनको भनाई छ । जनप्रतिनिधिलाई सही मार्गमा ल्याउनका लागि जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने उनको सुझाव थियो ।

तालिममा सञ्चार रजिस्ट्रार बागमती प्रदेशका रजिष्ट्रार रेवती सापकोटा र महासंघका केन्द्रीय महासचिव दहालले सहजीकरण गरेका थिए । सापकोटाले कुन अवस्थामा एआइको प्रयोग गर्न सकिन्छ सकिँदैन् भन्ने कुराको बारेमा जानकारी गराएका थिए । आफूले लेखेको समाचारको मार्फत समाजमा परिवर्तन ल्याउन सक्नुपर्ने उनले बताए । भाषा नबुझेको अवस्थामा एआइको प्रयोग गर्न सकिने उनले बताए । एआइको सकरात्मक रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको खोजी गर्नुपर्ने उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी