हेटौंडा । पत्रकारमाथि ज्यानमार्ने धम्की र पत्रकारको घरमा गरिएको तोडफोडप्रति प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ। प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा नेपाल प्रेसका वरिष्ठ संवाददाता केशव भुललाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले ज्यान मार्ने धम्की दिएको भन्दै संगठनले आपत्ति जनाएको हो।
भुलले नेपाल प्रेसमा “विप्लवको राजनीतिक यात्रा : क्रान्तिको भ्रमजाल, विभाजनको दुश्चक्र र असफलताको विरासत” शीर्षकमा लेख प्रकाशित गरेका थिए। त्यस्तै, जनआस्था साप्ताहिक मा “महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान” शीर्षकको समाचार प्रकाशित भएपछि एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सो पत्रिकाका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हुनेगरी पत्रकारलाई धम्की दिने कार्य अस्वीकार्य र गैरकानुनी भएको प्रेस सेन्टर नेपालले जनाएको छ। संगठनले धम्की दिने सबै व्यक्ति र समूहमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यसबाहेक, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको लम्जुङस्थित निवासमा अज्ञात समूहले ढुंगा प्रहार गरेको घटनाप्रति पनि प्रेस सेन्टरले गम्भीर ध्यानाकर्षण जनाएको छ। सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरिएको छ।
महासचिव मनोज घर्तीमगरले हस्ताक्षरित विज्ञप्तिमा समाचार वा विचारका आधारमा पत्रकारमाथि आक्रमण, धम्की र दवाब दिने क्रम तत्काल रोक्न र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न जोडदार माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्