मकवानपुर । ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलीले अवैध सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको पुर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी लेवट नजिक हाडीखोला तर्फबाट बस्तीपुर चोक तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१– च १२६० नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा अवैध सालको चिरान काठसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हेटौडा-१२ बस्ने २४ बर्षीय सुशान लोप्चन र सोहि पिकअप गाडीमा सवार सोही स्थान बस्ने १८ बर्षीय सुदिप लोप्चन रहेका छन् ।

शनिबार बिहान ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ हो । काठसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।