मकवानपुर — नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर अन्तर्गत स्कुल विभागको आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
हेटौंडा–५, गर्दोइस्थित पार्टी कार्यालयमा हिजो र आज दुई दिनसम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा मकवानपुर जिल्लाका १० वटा पालिकाबाट ७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य प्रशिक्षित कार्यकर्तामार्फत पालिका तहसम्म राजनीतिक तथा वैचारिक प्रशिक्षण प्रदान गर्नु रहेको आयोजकले बताएका छन्।
कार्यक्रमको समापन नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उनले भनिन्, “माक्र्सवादी विचारलाई कार्यकर्तामार्फत जनतामाझ विस्तार गर्न यो प्रशिक्षण कार्यक्रम प्रभावकारी माध्यम बन्नेछ।
हाम्रो संगठनको उद्देश्य, दृष्टिकोण र कार्यदिशा बुझाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।” कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विजय, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी ‘छिन्तु’, प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला संयोजक भीम पाख्रिन, प्रदेश सचिवालय सदस्य विर बहादुर घलान ‘ज्वाला’ लगायत नेताहरूको आतिथ्यता रहेको थियो।
प्रशिक्षण कार्यक्रममा सूर्य सुवेदी ‘पथिक’, युवराज चौलागाईं, तीर्थ थापा मगर निबन्ध लामा, खुशीलाल मोक्तान, बुद्ध अर्याल लगायतले प्रशिक्षण प्रदान गरेका थिए।
उक्त कार्यक्रमले सहभागीहरूलाई वैचारिक स्पष्टता, संगठनात्मक क्षमता तथा माक्र्सवादी दृष्टिकोणमा आधारित राजनीतिक प्रशिक्षण प्रदान गरेको र उनीहरूले आ–आफ्नो पालिकामा गएर थप प्रशिक्षण सञ्चालन गर्ने तयारी भइरहेको आयोजकले जानकारी दिएका छन्।















प्रतिक्रिया दिनुहोस्