हेटौंडा । नेन्त्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मकवानपुर क्षेत्र नम्बर–१ उम्मेद्वार महेश नेपाली (आरोह)सी र मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेद्वार राम घलान (वाटर)सी ले आत्मा निर्भरताको नारा लिएर चुनाव लड्न लागेको बताएका छन् । माओवादीका आरोह सी र वाटर सी ले स्वाभिमान तरिकाले देशलाई आत्मा निर्भरतर्फ लग्ने प्रयास गरिरहेको बताएका हुन् । आइतबार मकवानपुरे पत्रकारहरुसँगको संवाद कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा परनिर्भरताको दवाबलाई टोड्दै आत्मा निर्भरताको अवस्था सिर्जना गर्नका लागि उम्मेद्वारी दिएको बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेद्वार आरोह सी ले युवालाई विदेश पलायन हुनबाट रोक्न र महिलाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक रहेको उनले बताए । देशका युवाहरुलाई आत्मा निर्भर बनाउने उद्देश्य आफूहरुको एजेण्डाले बोकेको उनले बताए । नेपालमा महंगी र बेरोजगारीको संख्या बढ्दै गएको कारणले २६ हजार भन्दा बढी युवाहरु विदेशीनु परेको उनको भनाई छ । यी सबै कुराको अन्य गर्दै देश र जनताको स्वयम सेवक भएर काम गर्दै देशलाई आत्मा निर्भरता बनाउने लक्ष्य लिएको उनले बताए । नेपाललाई सम्वृद्ध बनाउनका लागि विप्लव नेतृत्वको टोलीले ठूलो भूमिका निर्वाह गर्न सक्ने उनले धारणा राखे ।

बालुवाटारको जग्गाको विषयमा, मानव तस्करको, एमसीसीको, राष्ट्रियघातको, जनताको जीवन परिवर्तनको लागि विप्लव नेतृत्वको टोली लडेको उनले बताए । विप्लवल नेतृत्वको पार्टीले राष्ट्रिय घातको काम कहिलेपनि नगरेको उनले दावी गरेका छन् । समाजिक न्याय, समाजवाद र देश विकासका लागि आफूहरुलाई मत दिन आग्रह गरेका छन् । जनताको प्रस्तावाट पछि नपरेर काम गर्ने विश्वास दिलाएका थिए । चुनावी नतीजापछि पनि देश र जनताको पक्षबाट लड्नबाट पछि नपर्ने उनले बताए । उनले एमसीसीको पक्षमा रहेकोलाई जिताउने काम गरिरहेको बताए ।

निर्वाचन पछि आउने मतको स्वीकारय रहेको बताउँदै उनले भने–हामीले अरुबाट बढी रकम लिएर उम्मेद्वारी फिर्ता लिन काम गरेको छैन,, बिचार र राजनीतिको हिसाबले फरक परेपनि आर्थिक प्रलोपनमा नपर्ने विश्वास दिलाएका थिए । हारजीत जे भएपनि देश र जनताका लागि काम गर्नबाट पछि नपर्ने उनको भनाई थियो । आफूहरुले कसैसँग गठबन्धन नगरिकन एकल लडान लड्ने बताए । नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारहरुसँग संवेदनशील नभएको उनले आरोप लगाएका छन् । अहिलेको संविधान अपुरो भएको उनको भनाई थियो । सबै मन्त्रीहरुले आफ्नो काम र कर्ममा नलागेर पदको लालसामा पदबाट राजीनाम दिन काम गरेको उनको गुनासो छ ।

मकवानपुर क्षेत्र–२ का उम्मेद्वार वाटर सी ले आफूहरुले चुनाव जितेपछि देशलाई जलाउने र कलिला बालबालिकाको हत्या गर्नेलाई सजाय दिलाउने काममा लाग्ने बताए । जेनजीको विषयलाई उठाएर लड्ने काम माओवादीले गर्ने उनले बताए । सबै नेता आत्मा निर्भर भएर गए देश समृद्ध हुने उनको सुझाव छ । सांसदमा गएपछि गाँजाको वैदानिकताको विषयलाई पनि उठ्ठान गर्ने उनको भनाई छ ।

रातो समाचार संवाददाता
थप जानकारी