वाइसीएलका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गर्दै ।

हेटौंडा । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग वाइसीएल बागमती प्रदेश समितिको अध्यक्षमा नरेश रञ्जित चयन भएका छन् । भक्तपूर जिल्लामा बुधबार सम्पन्न भएको वाइसीएल बागमती प्रदेश समितिको प्रथम सम्मेलनबाट नरेश रञ्जित सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् । प्रथम प्रदेश सम्मेलनले रञ्जितको अध्यक्षतामा ९९ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । रञ्जित वाइसीएल केन्द्रीय समितिको सदस्य पनि हुन् ।

समितिको उपाध्यक्षमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी सर्वसम्मत चयन हुँदा सचिवमा प्रदीप तामाङ (‘ङेमासङ’०,) सहसचिवमा विष्णु नेगी, अर्जुन तामाङ र सुदिप केसी चयन भएका छ्न् । विकास श्रेष्ठ र सनम महर्जन भने ९जनजाति० बाट सहसचिवमा चयन भएका छन् । प्रीतिमा तामाङ ९महिला० तर्फको सहसचिवमा चयन भएका छन् । कोषाध्यक्षमा रोमि घले चयन भएका छन् ।

योङ कम्युनिष्ट वाइसीएलका पदाधिकारीहरुको समूहिक तस्वीर ।

यस्तै, मकवानपुरबाट प्रदेश कमिटी सदस्यमा दीपक राना मगर ९दीर्घ०, सन्लाल मुक्तान, ईन्द्रलाल प्रजा, जय संकर राना, मदन ऊप्रेती र लक्ष्मी खड्का चयन भएका छन् । अनुसासन आयोगको उपप्रमुख सरोज पाख्रिन र सदस्य ईश्वर थापालाई चयन गरेको छ भने लेखा आयोगको सदस्यमा अन्जन लामा ९ थिङ०लाई चयन गरेको छ ।

सोमबार सुरु भएर बुधबार सम्म सञ्चालन भएको सम्मेलन कार्यक्रममा ४ सय प्रतिनिधिको उपस्थिति रहेको थियो ।माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सम्मेलनको उद्घाटन गरेका थिए ।