हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाले नयाँलाई अवसर प्रदान गर्न लागि आफू चुनाव नलड्न लागेको बताएका छन् । उनले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व तहमा कुनै समस्या नभएको भन्दै गत २३ र २४ गतेको जेनजी आन्दोलनको सम्मान गरेर नयाँ उम्मेद्वारीलाई अवसर पाओस भन्ने उद्देश्यले चुनाव नलड्ने घोषणा गरेका हुन् ।
मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ बाट नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्वारीमा सिफारिस भएका नेता खतिवडाले जेनजी आन्दोलनको क्रममा पुराना पार्टीका दलहरु हटाउनुपर्ने माग गरेकोले आगामी फागुन २१ गते हुन लागेका प्रतिनिधि सभा सदस्य पदका लागि आफूले चुनाव नलड्ने घोषणा गरेको बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।
आफूले राजनीतिक क्षेत्रबाट सन्यास नलिएको बताउँदै उनले भने–पुराना दलकाहरु धेरी पटक उम्मेद्वारी बनेकोले विभिन्न प्रकारको भाष्य निर्माण भएको छ ।, त्यसैलेपनि म पछि हटेको हो । म उम्मेद्वारी नदिन लागेको भन्दैमा पार्टीको नेतृत्व गर्न नसक्ने होइन । चुनावमा नउठ्ने भएपछि नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व गर्नबाट पछि नपर्ने उनले विश्वास दिलाएका छन् । चुनावी अभियानमा अभिभावकको भूमिकाले पार्टी निर्माणको कार्यमा लाग्ने थालेको उनले बताए ।
आफूले ६ पटक चुनाव लड्दा ४ पटक जित निकाल्दै २ पटक हार व्यर्होरेको बताए । आफ्नो उम्मेद्वारीको विषयमा टुंगो नलागुन्जेल को अगाडि बढ्ने भन्ने विषय अन्यौलताको रहेकोले सबैमा जानकारी गराएको उनले बताए । उनले कहि समस्या मन्त्री मण्डलमा पनि भएको धारण राखेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आफ्नो बोलीले आफैँमा समस्या उत्पन्न गराएको बचनको पक्का नभएको आरोप लगाएका थिए ।















प्रतिक्रिया दिनुहोस्