हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नं. वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको संयोजनमा तेस्रो वडास्तरीय खेलकुद महोत्सव२०८२ अन्तरगत छात्र भलिवल प्रतियोगिता शुरू भएको छ ।

शिक्षा, स्वास्थ्य र खेलकुद पहिलो प्राथमिकता भन्ने उदेश्यका साथ महोत्सवअन्तरगत छात्र भलिवल प्रतियोगिता शुक्रबार शुरू भएको हो। हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले उद्घाटन गर्दै प्रतियोगिता आधुनिक राष्ट्रिय माविको परिसरमा भईरहेको छ ।

आधुनिक राष्ट्रिय माविको व्यवस्थापनरहेको प्रतियोगितामा उपमहानगरभित्रका १४ वटा बिद्यालयको समुह सहभागी रहेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिए।
माघ २ र ३ गते हुने भलिवल प्रतियोगिताको उद्घाटन समारोहमा ४ नं. वडा अध्यक्षको विशेष आतिथ्यता रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी