आफूले निर्माण गरेको प्लाटर्फमको डकुमेन्ट्री हस्तान्तरण गर्दै प्रशान्त वाइबा ।
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाको देवकी माध्यमिक विद्यालयमा पूर्वविद्यार्थीले निर्माण गरेको सफ्टवेयरको प्रयोग गरिएको छ । गाउँपालिका वडा नम्बर–५,स्थित देवकी माविका पूर्वविद्यार्थी प्रशान्त वाइबा र निरज कुमार सिंहले निर्माण गरेको सफल डिजिटल स्कूल म्यानेजमेन्ट प्लयाटर्फ नामक सफ्टवेयर प्रयोग गरिएको हो । मकवानपुरको एकमात्र कम्प्युटर इनिजनियरिङ विषय अध्यापन गराउने देवकी माविमा उक्त प्यालटफर्म प्रयोग गर्न सुरु गरिएको परियोजना व्यवस्थापन टोलीका प्रशान्त वाइबाले जानकारी दिएका छन् । नेपालको ग्रामीण क्षेत्रका विद्यालयहरू अझैपनि कागजी प्रणालीमा निर्भर भएको कारणले विद्यार्थीको नतीजा व्यवस्थापनदेखि भर्ना प्रक्रियासम्ममा समय, स्रोत र पारदर्शिताको अभावको चुनौतीलाई समाधान गर्न सफल डिजिटल स्कूल प्लेटफर्ममा कार्यरत वाईबाको परियोजना व्यवस्थापनमा डिजिटल प्लेटफर्मले शैक्षिक संस्थाहरूलाई प्रविधिमैत्री प्रणालीतर्फ लैजाने प्रयास गरिरहेको बताएका छन् ।
परियोजना व्यवस्थापक वाइबाले आफूहरुले निर्माण गरेको प्लेटफर्मको मार्फत विद्यालय र कलेजहरूलाई अनलाइन विद्यार्थी भर्ना, नतीजा प्रकाशन, शिक्षक÷विद्यार्थी विवरण व्यवस्थापन, अनलाइन कक्षा, होमवर्क, शुल्क विवरण जस्ता सेवाहरू एकै स्थानमा उपलब्ध गराएर लाभ लिन सक्ने बताएका छन् । म्यानेजमेन्ट सफ्टवेयरका प्रोजेक्ट म्यानेजर समेत रहेका वाइबा आफू ग्रामीण भेगमा पढेको बताउँदै उनले भने, “मेरो बाल्यकालमा शिक्षक अनुपस्थित हुने, परिणाम ढिलो आउने, र सूचनाको अभावले विद्यार्थीहरू पछि पर्थे। अब हामी त्यो अवस्थालाई प्रविधिद्वारा अन्त्य गर्न चाहन्छौं।“ विद्यालयका शिक्षकका लागि छिट्टै सफटवेयर चलाउनका तालिम दिने उनले बताए ।
सफल डिजिटल प्लाटर्फम मार्फत विद्यालय र कलेजलाई डिजिटल व्यवस्थापन गरिने, विद्यालयले आफ्नै वेबसाइट पाउने उनले बताए । शिक्षक तथा विद्यार्थीको विवरण व्यवस्थापन, अनलाइन कक्षा, गृहकार्य, शुल्क व्यवस्थापनका कार्यहरु सजिलै गर्न सकिने उनको भनाई छ । विद्यार्थीको परीक्षाको समयमा समयतालिका तथा सिट प्लानमा प्लाटफर्मले सहयोग पु¥याउने र विद्यार्थीको नोट बुकहरुसम्भाविक प्रश्न तथा सम्भावित प्रश्न उपल्बध गराउन सक्ने उनले बताए । कार्यक्रममा देवकी मावि कम्प्युटर ईन्जिनियरिङ् विभाग प्रमुख  अविद खान निवर्तमान प्रधानाध्यापक खक्डा पुलमी लगायत उपस्थित रहेको थियो ।