दलित महिला संघ फेडो मकवानपुरले आइतबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेपालमा दलित महिला तथा किशोरीको मानव अधिकार प्रबर्द्धन सञ्चार माध्यममा दलित महिला, दलित समुदायका सवाल माथिको प्राथमिकता विषयमा अन्तरक्रिया गरेको हो ।

दलित महिला संघकी मकवानपुर उपाध्यक्ष सुनिता दर्नालको सभाध्यक्षमा र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यमा गरिएको हो ।

दलित समुदायले वर्तमान समयमा भोग्नु परेका समस्याका विषयलाई उठान गरेर समाधानका निम्ती सम्बन्धित निकायलाई झक्झकाउन पत्रकार महासंग सधैँ तत्पर रहने प्रमुख अतिथी पत्रकार महासंग मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।

अझै पनि धेरै वडाहरुमा दलित समुदायको शीर्षकमा बजेट विनियोजन गराउन निकै सकस पर्ने दलित महिला संघ मकवानपुरकी कोषाध्यक्ष मालती विश्वकर्माले बताइन्।

कार्यक्रममा सहभागीहरुले मुलधार सञ्चार माध्यमले दलित समुदायको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

जातिय विभेद अहिले सम्मै पनि कुनै न कुनै रुपमा कायमै रहेको बताउँदै मुलधार सञ्चार माध्यमलाई यस्ता संवेदनशिल विषयमा बुलन्द तरिकाले पहल कदम चलाउन फेडोकी मकवानपुर जिल्ला उपाध्यक्ष सुनिता दर्नालले आग्रह गरिन् ।