पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ८२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पाँच हजार ६२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १९२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । शुक्रबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख एक हजार ३०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल पाँच हजार ५० जना सक्रिय सङ्क्रमित छन् ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो