हेटौंडा फुटबल एकेडेमीको टिम ।

हेटौंडा । तेस्रो संस्करणको चैनपूर कप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । चितवन जिल्लाको खैरहनी नगरपालिकामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा पहिलो मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले साइमन स्पोर्टस् क्लबलाई १–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा फुटबल एकेडेमीका लागि सुजन तितुङले निर्णायक गोल गरेका छन् । खेलको म्यान अफ द म्याच सुजन तितुङ घोषित भएका छन् ।

प्रतियोगिता अन्तर्गत अब सेमीफाइनल प्रवेशका लागि हेटौंडा फुटबल एकेडेमीले असार २२ गते प्रतिस्पर्धा गर्नुपर्ने एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिएका छन् । खैरहनी नगरपालिकाको र २ नम्बर वडा कार्यालयको संरक्षणमा सुरु भएको प्रतियोगिताका लागि विभिन्न निकायहरुले सहयोग गरेको छ । राष्ट्रियका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्न मूल नाराका साथ ३ वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

खेलाडीहरु उत्पादन गर्न, खेलाडीको क्षमताको वृद्धि गर्ने र उनीहरुलाई नयाँ अनुभव गराउनका लागि एकेडेमीका खेलाडीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै आएको टिम म्यानेजर सञ्जय लामाले बताएका छन् । टिम म्यानेजर लामाले खेलाडीहरुलाई छनौट गरेर अनुशासित गराउन गरेका छन् ।

चैनपूर युथ क्लबको आयोजनामा नकआउट प्रणालीमा सुरु भएको प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । नकआउट प्रणालीमा असार ११ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल असार २८ गते हुनेछ । प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी